बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि


३० फाल्गुन २०७३, सोमबार


कलैया । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता सङ्ख्यामा ४० हजार ५११ मतदाता वृद्धि हुनुका साथै ५१ जना तेस्स्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराबाट थाहा भएको छ ।

बारा जिल्लाको छवटा निर्वाचन क्षेत्रमा दुई वटा उपमहानगरपालिका, चार वटा नगरपालिका र नौ वटा गाउँपालिकामा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुरुष एक लाख ८६ हजार १४६ जना, महिला एक लाख ५० हजार ८४२ जना र तेस्स्रो लिङ्गी ५१ जना समेत गरी कुल तीन लाख ३६ हजार ३९ जना मतदाता रहेको सो कार्यालयका प्रमुख नरेश सफाफबाट थाहा भएको छ ।

विगत ०७० मा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा पुरुष एक लाख ६० हजार ११७ जना, महिला एक लाख ३६ हजार ४०० र तेस्स्रो लिङ्गी ११ जना समेत गरी कुल दुई लाख ९६ हजार ५२८ जना मतदाता रहेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस