अभिनेत्री श्वेता समाजसेवामा « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

अभिनेत्री श्वेता समाजसेवामा


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


काडमाडौं । अभिनेत्री श्वेता खड्का औपचारिक रुपमा समाजसेवामा जुटेकी छन् । श्वेता श्री फाउन्डेसनको औपचारिक घोषणा गर्दै उनले संस्थागत रुपमा समाजसेवाको थालनी गरेकी हुन् ।
पति श्रीकृष्णको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्वेताले औपचारिक रुपमा एकीकृत माझि वस्ती निर्माणको घोषणासमेत गरेकी छिन् । २०७२ सालमा गएको भूकम्पले क्षति पुर्याएको सिन्धुपाल्चोक ठुलो शिरुबारीस्थित झ्याँडी गाउँको माझि वस्ती निर्माण गर्ने जिम्मेवारी अभिनेत्री श्वेता र श्वेता श्री फाउन्डेसनले लिएको छ । स्व। अभिनेता श्रीकृष्ण श्रेष्ठको गृहजिल्ला सिन्धुपाल्चोकको उक्त गाउँमा ६५ घरधुरी निर्माण हुनेछन् ।
कार्यक्रममा बोल्दै श्वेताले श्रीकृष्ण श्रेष्ठको नाममा आफु समाजसेवामा होमिन आएको बताएकी छिन् । भूकम्पपछी त्यहाको समुदायमा रहेका व्यक्तिको अवस्था देखेर आफुले जसरि पनि बस्ति निर्माण गरेर छाड्ने अठोट लिएको श्वेताले बताइन् ।

प्रतिक्रिया दिनुहोस