केशरीलाई सुनकेशरी सङ्ग मिसाउला
खेलौ होली जवानीको रङ्ग मिसाउला
मिजुरा र खैजोरीको तालमा राधिका
ढुल्की ढुल्की नाच दुबै अङ्ग मिसाउला
गुराँस फुली बन रातो फागुवाले मन रातो
होली खेली जिन्दगीमा उमङ्ग मिसाउला
मरि लानु छैन आउ हास् खेल छदा परानी
एक्कै फेरा काउकुतीमा झसङ्ग मिसाउला
जुनि जुनि साथमा हामी नर-नारी जातमा
दुबै मुटु जोडौला खुससित दङ्ग मिसाउला
तिमी डाक्नु संगिनी म बोलाउछु साथीभाई
वसन्तको रंगिलो फागुवाको ढङ्ग मिसाउला