Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ज्येष्ठ नागरिकलाई देश दर्शन


९ फाल्गुन २०७३, सोमबार


काठमाडौँ । मनमोहन स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई देशका विभिन्न पर्यटकीय एवं तीर्थस्थल भ्रमण गराउने भएको छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा यही फागुन ११ देखि १९ गतेसम्म छैटौँ देश दर्शन कार्यक्रमअन्तर्गत देशका विभिन्न स्थल भ्रमण गराउने कार्यक्रम रहेको भ्रमणका संयोजक शान्ति अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं. ३ का १३ जिल्लाका एक सय २५ ज्येष्ठ नागरिक पोखरा, लुम्बिनी, नवलपरासी र चितवन जिल्लाका पर्यटकीय र तीर्थस्थल घुम्ने छन् । यही फागुन ११ गते नेकपा (एमाले) पार्टी कार्यालय धूम्रबाराहीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई ज्याकेट, टोपी र झोला प्रदान गरेर यात्राको सुरुआत गर्ने छन् । फागुन १२ गते बिहान काठमाडौँबाट ज्येष्ठ नागरिक देश दर्शनमा निस्कनेछन् ।

प्रतिष्ठानका सदस्य समेत रहेका अधिकारीले मनमोहन अधिकारीले ज्येष्ठ नागरिकप्रति देखाएको श्रद्धा र सम्मानको स्मरण गर्दै उनी स्वर्गारोहण भएदेखि देशदर्शन कार्यक्रम गराइँदै आएको बताए । रासस

प्रतिक्रिया दिनुहोस