Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्ववियुको निर्वाचन फागुन १८ गते


६ फाल्गुन २०७३, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका आज शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

त्रिभुवन विश्व विद्यालयका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको बिहिवार साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न क्याम्पसमा तालाबन्दीका कारण प्रभावित भएको थियो । त्रिभुवन विश्व विद्यालयका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले नयाँ निर्वाचनको मिति तयसँगै नयाँ कार्यतालिका तय भएको र सबै विद्यार्थी सङ्गठनलाई समेटेर लैजानका लागि निर्वाचन सारिएको बताए । “केही विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाएका छन्”, उनले भने, “ती ताला खुलाउने र आन्दोलनरत पक्षलाई पनि समेट्नका लागि निर्वाचन सारिएको हो ।”

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले क्रान्तिकारीको महाधिवेशनका कारण सहभागिता जनाउन नसक्ने भएपछि सबैको सहमतिमा नयाँ मिति तय गरिएको बताए । छलफलमा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाँ, रजिस्ट्रार उप्रेती, शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठी, काठमाडौँ उपत्यकाका सबै क्याम्पस प्रमुख, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, क्रान्तिकारीका न्यौपाने सहित सबै विद्यार्थी सङ्गनठका नेताको सहभागिता थियो ।

त्रिविले फागुन १४ गतेका लागि निर्वाचन कार्यतालिका तयार गरिसकेको थियो । निर्वाचन कार्यतालिकानुसार आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो । त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिभुवन विश्व विद्यालयले यसअघि दुई पटक स्ववियु निर्वाचनको घोषणा गरे पनि विद्यार्थी विवादका कारण हुन सकेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस