हास्यव्यङ्ग्यकार घिमिरेको ‘थप्पड’ सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हास्यव्यङ्ग्यकार घिमिरेको ‘थप्पड’ सार्वजनिक


प्रशासन संवाददाता

२९ माघ २०७३, शनिबार


काठमाडौँ । हास्यव्यङ्ग्यकार देवी घिमिरेको व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘थप्पड’ को पूर्व सभामुख सुवास नेम्वाङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

सिस्नुपानी नेपालले आयोजना गरेको सो कार्यक्रममा पूर्वसभामुख नेम्वाङले राजनीति विकृत्ति भएको कुरा हास्यव्यङ्ख्यमार्फत धेरै आउने गरेको र राजनीति सबैको नीति भएको हुँदा यसलाई सबैले सुधार गर्नुपर्ने जरुरी भएको बताए ।

राष्ट्रकवि घिमिरेले प्रत्येक शरीरका अङ्गको व्याख्या गरिएको कृतिमा छोटाछोटा अनौठा निबन्धले नेपाली साहित्यलाई राम्रो सामग्री पस्किएको विचार व्यक्त गरे ।

“हास्यव्यङ्ग्य टेलिसिरियलमा उत्तेजकभन्दा पनि समाज परिर्वतन गर्ने खालका हुनुपर्छ, समाज परिवर्तन गर्ने खालका हास्यव्यङ्ग्य हेर्न मलाई पनि मनपर्छ”– राष्ट्रकवि घिमिरेले थपे।

लेखक घिमिरेले जिन्दगीमा थप्पड खाने ठाउँ धेरै हुने भए पनि आफूले राष्ट्रका लागि समर्पण गर्नुपर्ने र त्यसैप्रति लक्षित गरेर आफूले निबन्ध लेखेको बताए । ।

हास्यव्यङ्ग्यकार घिमिरेलाई सिस्नुपानी नेपालले सिस्नुपानी शैलीले सम्मानस्वरुप १०८ किलाको माला लगाएर सम्मान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस