Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ट्रम्प र अफगानिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता


२८ माघ २०७३, शुक्रबार


काबुल । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा उनीहरुले समसामयिक विषयमा कुराकानी गरेका अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आतङ्कवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रीत भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ ।

दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छलफल गरेका थिए ।

“उनीहरुले दुई देशको आपसी सहकार्य, दुई पक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गर्नुभएको छ,” वक्तव्यमा भनिएको छ ।

अफगानिस्तानका राष्ट्रपति घानीले सुरक्षा जिम्मेबारी निर्वाह गर्न निकै गाह्रो भइरहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगका बारेमा बताएका थिए ।

काबुल र बासिङ्गटनको राणनीतिक संवन्धका बारेमा उनीहरुले छलफल गरेका वक्तव्यमा उल्लेख छ ।

कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाडै नै भेट्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस