Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीको घोषणालगत्तै चितवन विद्युत्भार कटौतीमुक्त


२८ माघ २०७३, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा बुधवारदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिए ।

उनले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बिहिवार  भएको कार्यक्रममा एक-दुई दिनभित्रै विद्युत्भार कटौतीमुक्त गर्ने आश्वासन दिएको भोलिपल्टै जिल्ला विद्युत्भार कटौतीमुक्त भएको हो ।

विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले प्राधिकरणको निर्देशनअनुसार बिहिवार देखि विद्युत्भार कटौतीमुक्त गरिएको बताए ।

प्रधानमन्त्री  ‘प्रचण्ड’ले चितवनमा बिहिवार  भएको कार्यक्रममा एक-दुई दिनभित्रै विद्युत्भार कटौतीमुक्त गर्ने आश्वासन दिएको भोलिपल्टै जिल्ला विद्युत्भार कटौतीमुक्त भएको हो ।

“दुईवटा औद्योगिक फिडर बाँकी छ, यसको पनि काम भइरहेकाले त्यो फिडरमा पनि छिट्टै हामी विद्युत्भार कटौती अन्त्य गर्दैछौँ”– पौडेलले भने ।

चितवनको टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत् मासिक रुपमा खपत हुँदै आएको छ । भरतपुर प्राधिकरणअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ । भरतपुरमा कुल एक अर्बको विद्युत् कारोबार हुनेगरेको इन्जिनियर पौडेलले बताए । चितवनमा प्राविधिक चुहावट ३ प्रतिशत छ ।

विद्युत् प्राविधिक भरतपुर वितरण केन्द्रले बिहिवार  एक सार्वजनिक सूचनासमेत जारी गरेर विद्युत्भार कटौतीमुक्त भएको जानकारी दिएको हो । यसलाई व्यवहारमा लागू गर्ने सर्वसाधारणले पनि विद्युत् खपतलाई कम गर्नेतर्फ लाग्न भनिएको छ । यसअघि सरकारले काठमाडौँ र पोखरालाई विद्युत्भार कटौती मुक्त गरिसकेको छ ।

विगतमा ३९ प्रतिशत चुहावट भएकोमा पछि चोरी नियन्त्रण अभियान सञ्चालन गरेर चुहावटलाई घटाएको हो । जिल्लामा सडक बत्तीबाट ठूलो रकम उठ्न बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस