Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मोटरसाइकल दुर्घटनामा दुईको मत्यु


२६ माघ २०७३, बुधबार


भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ खैरभट्टीमा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीका अनुसार से ५ प २२६४ र म १ प ३६३४ एक आपसमा ठोक्किँदा कैलालीको धनगढीस्थित तारानगरका २२ वर्षीय सुरज पार्की र कञ्चनपुरको बेदकोट नगरपालिका–२ भम्काका २३ वर्षीय रहिस ओखेडाको मृत्यु भएको छ ।

मृतकद्वय पार्की र ओखेडा से ५ प २२६४ नं. को मोटरसाइकलमा सवार थिए । त्यसैगरी, म १ प ३६३४ मा सवार भीमदत्तनगरपालिका–१८ खैरभट्टीका ४१ वर्षीय मेखराज भण्डारी, उहाँकी श्रीमती र छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस