पत्रकार बोहराकी पत्नीलाई सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पत्रकार बोहराकी पत्नीलाई सहयोग


२५ माघ २०७३, मंगलबार


बाजुरा । नेपाल पत्रकार महासङ्घ बाजुराले पत्रकार कर्णबहादुर बोहराकी श्रीमती ममताको उपचारका लागि १० हजार सहयोग गरेको छ ।

महासङ्घ सुदूरपश्चिम समन्वय समितिले जारी गरेको अभियानबाट सो सहयोग गरिएको महासङ्घ बाजुराका अध्यक्ष मदनराज जोशीले बताए ।

ममताका दुवै मिर्गौलाले काम नगर्ने भएपछि उपचारका लागि अभियान सुरु गरिएको सुदूरपश्चिम क्षेत्रीय संयोजक प्रकाशविक्रम शाहले जानकारी दिए । बोहराको उपचारका लागि हालसम्म चार लाख २३ हजार सहयोग जुटेको छ । रासस

प्रतिक्रिया दिनुहोस