गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


२२ माघ २०७३, शनिबार


दुईचार शब्द कलमले नबोले सीमा बारे
हामी मौन रहे बोल्छ कोले सीमा बारे

जवाफ त के प्रश्न नै गर्न साहस नगर
थाहा पाउलास् नेपालीको आक्रोसले पोले सीमा बारे

पुग्ने छ टाउको एकदिन तेरै राजधानीमा
तेरा तिङग्रे स्यालले र्याल घोले सीमा बारे

सहिदको त्यागी मन्त्र जप्दै आमा बचाउन
साहित्यकारले सीमामै मन खोले सीमा बारे

दुश्मन मार्न खुकुरी छ, काल मार्न कलम
तर पनि किन बोल्दैन आफ्नोले सीमा बारे

प्रतिक्रिया दिनुहोस