लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय


१७ माघ २०७३, सोमबार


काठमाडौँ। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

समितिको सभापति चयका लागि सोमवार भएको निर्वाचनमा उपाध्यायले २३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गरे । नौ जना सांसद भने अनुपस्थित थिए ।

समितिमा आवद्ध ५० सांसदहरुमध्ये जेष्ठ सदस्य सांसद सवेन्द्रनाथ शुक्लले मतदान गर्न नपाउने व्यवस्थाअनुसार कुल मतदाता ४९ थियो ।

तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि ६ महिनादेखि समितिको सभापति पद खाली रहेको थियो ।

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले संयुक्त उम्मेदवारको रुपमा उपाध्यायलाई अगाडि सारेको थियो । नवनिर्वाचित सभापतिलाई बधाइ दिन मङ्गलबार बिहान ११ बजे समितिको बैठक राखिएको जेष्ठ सदस्य शुक्लले जानकारी दिए ।

उपाध्याय नेकपा माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस