१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले हेटौँडामा भर्ना लिन नपाउने

अ+ अ-

चितवन । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई विश्वविद्यालयका बीचमा विवाद हुँदै आएको थियो । चार वर्षअघि त्रिविले चितवनको रामपुरमा कृषि र भेटेनरी सङ्कायमा भर्ना लिन छाडेको भए पनि हेटौँडामा भने दुवै विश्वविद्यालयले भर्ना लिँदै आएका थिए ।

गतवर्ष तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको अध्यक्षतामा दुई विश्वविद्यालयका पदाधिकारीसहितको बैठकले आउँदो वर्षबाट हेटौँडामा त्रिविले भर्ना नलिने सहमति गरेको थियो । तर यसवर्ष पनि त्रिविले हेटौँडा, पोखरा र काठमाडौँका लागि मङ्सिर ७ गते प्रवेश परीक्षा गर्ने भन्दै फाराम वितरण गरेको थियो । सोपश्चात् कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सर्वोच्च अदालतमा गतवर्षको सहमति कार्यान्वयन गर्न भन्दै रिट दायर गरेको थियो ।

कात्तिक २४ गते सर्वोच्च अदालतले त्रिविअन्तर्गतको डिनको कार्यालय पोखराबाट हेटौँडा क्याम्पसका लागि विद्यार्थी भर्ना गर्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि त्रिविले अन्तरिम आदेशलाई बदर गर्न सर्वोच्चमै रिट दायर गरेको थियो । सर्वोच्चले माघ ९ गते कात्तिक २४ गतेको अन्तरिम आदेशलाई बदर नगरी निरन्तरता दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश दीपकराज जोशीको संयुक्त इजलासले त्रिविलाई भर्ना लिने बाटो बन्द गरिदिएसँगै फाराम भरेका विद्यार्थीसमेत अन्योलमा परेका छन् ।

वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालय पोखराका डिन कृष्णराज तिवारीले माघ १ गतेबाट पढाइ गर्ने तयारीका साथ शैक्षिक कार्यक्रम अगाडि बढाएको भए पनि सर्वोच्चको फैसलासँगै के गर्ने भन्ने टुङ्गो लाग्न नसकेको बताए ।

हेटौँडामा मात्रै ६०० फाराम दर्ता भएको बताउँदै उनले पोखरा र काठमाडौँका लागि छिट्टै प्रवेश परीक्षा लिने बताउनुभयो । हेटौँडामा ८०, पोखरामा ८० र काठमाडौंमा ५० जना विद्यार्थी त्रिविअन्तर्गत वन विज्ञान पढ्दै आएका थिए । कृषि विश्वविद्यालयले पनि हेटौँडामा ८० जना विद्यार्थी पढाउँदै आएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्टार प्रा डा मनराज कोलाक्षपतिले सहमति अटेर गरेपछि बाध्य भएर सर्वोच्च जानु परेको भन्दै अदालतको आदेशअनुरुप कृषि तथा वन विज्ञान विश्वविद्यालयका ८० जना विद्यार्थी मात्र हेटौँडामा पढ्ने बताए ।

सो विश्वविद्यालयका डिन बलराम भट्टले दुई विश्वविद्यालयको खिचातानीका कारण समस्या भइरहेकामा सर्वोच्चको आदेशसँगै अब काममा सहजता आउने बताए । त्रिविको हेटौँडा पहिलो वन क्याम्पस हो । विसं २०३० बाट त्रिविले हेटौँडामा वनको पढाइ सुरु गरेको थियो । विसं २०४० मा मात्रै पोखरामा पढाइ थालिएको हो । रासस

प्रतिक्रिया दिनुहोस