दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला


१७ माघ २०७३, सोमबार


नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् ।

सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा. कोइरालाले यस्तो विचार व्यक्त गरे ।

उनले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राखे ।

उनले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्छ भने ।

नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा. कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताए । रासस

प्रतिक्रिया दिनुहोस