पुरानो डायरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुरानो डायरी


१५ माघ २०७३, शनिबार


धुलाम्य भएको पुरानो डायरीको केहि पन्ना
खोलेको मात्र के थिए
तिम्रो यादको क्रम फेरी शुरु भइहाल्यो,
पन्ना पल्टाउदै म बग्न थाले
उही भाबुकताको समुन्द्रमा
जसमा म कहिले चुर्लुम्म डूबथे,
आज त् त्यो लहर हरु पनि चुपचाप छन्तर पनि म भने चुपचाप छैन

तिम्रो एउटा तुफान भने हरेक दिन बग्छ
मेरो मन र आँखा बाट
तिम्रै सम्झनामा र तिम्रै यादमा
आज जब मैले त्यो पुरानो डायरी के खोलेको थिए
गुलाफको फुलको जस्तो मन्द मन्द बासना
आइरहेको थियो
तिम्रो सम्झनाले भरिएको त्यो डायरीमा
पहिलेको भाबुकताको समुन्द्र उस्तै थियो
जब तिमि संग मेरो पहिलो प्रेम भएको थियो

प्रतिक्रिया दिनुहोस