Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एउटाको मुद्दामा अर्कैलाई पक्राउ गरेपछि


९ माघ २०७३, आइतबार


खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न पत्रमार्फत प्रहरीलाई निर्देशन दिएको हो ।

डिकुवा–२ का नरबहादुर मगरलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले सोही नामथर भएका डिकुवा–६ का नरबहादुरलाई पक्राउ गरेर कारबाही सुरु गरेको थियो । डिकुवा–२ का नरबहादुर विरुद्ध परेको मुद्दामा अदालतले २०५९ असोज १ गते उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

डिकुवा–२ का नरबहादुरले कैद र जरिवाना भुक्तानी गर्न बाँकी भएकाले पक्राउ गरी हाजिर गराउन प्रहरीलाई भनिएका निर्दोष व्यक्ति परेकाले तत्काल छाड्न निर्देशन दिइएको अदालतका तहसिलदार डोरनारायण श्रेष्ठले बताए । “एउटा व्यक्तिलाई पक्राउ गर्न भनिएकामा अर्कैलाई पक्राउ गरिएको रहेछ ।” उनले भने – “निर्दोष व्यक्तिलाई कारबाही भइरहेको थाहा पाएपछि तत्काल छाड्न निर्देशन दिइएको हो ।”

अदालतको निर्देशनपछि कारबाही भोगिरहेका निर्दोष मगरलाई शनिबार साँझ नै छाडिएको जिल्ला कारागार, खोटाङका नायब सुब्बा सुवास राईले जानकारी दिए । प्रहरी चौकी च्यास्मिटारको टोलीले पुस २४ गते पक्राउ गरेको मगरलाई तीन दिनपछि पुस २९ गते कारागार चलान गरिएको थियो ।

बिना कारण कारबाही भोगेका निर्दोष मगरले कारबाही भोगेबापतको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । “बिना गल्ती पक्राउ गरेर मेरो बेइज्जत गरिएको छ ।” उनले भने – “मलाई बेइज्जत गर्नेविरुद्ध कारबाही हुनुपर्छ ।”

स्थानीयवासीका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने, डिकुवा–६ का नरबहादुर गर्बुजामगर हुन् । प्रहरीको यो लापर्बाहीले प्रहरीमाथि जनताले गरेको विश्वास गिरेको स्थानीयवासी तथा नेपाल विद्यार्थी सङ्घ खोटाङका सभापति राजकुमार राईले बताए । रासस

प्रतिक्रिया दिनुहोस