एक वर्षभित्र तीन वटै निर्वाचनः परराष्ट्रमन्त्री « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एक वर्षभित्र तीन वटै निर्वाचनः परराष्ट्रमन्त्री


५ माघ २०७३, बुधबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका क्रममा एक वर्षभित्र मुलुकका तीन वटै तहको निर्वाचन सम्पन्न गरिने बताएका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘दोस्रो राइसिना डायलग’ अन्तर्गत ‘विग पोलिटिक्स एण्ड न्यु च्यालेन्जेस’ विषयको सम्मेलनलाई सम्बोधन गर्र्दै मन्त्री डा. महतले संविधानको दायराभित्र सबैलाई समेट्ने आफ्ना प्रयास जारी रहेको अवगत गराउँदै त्यसमा सरकार सफल हुने विश्वास व्यक्त गरे ।

उनले संविधान कार्यान्वयनको महत्वपूर्ण चरण नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन तोकिएको समयभित्र गराउनु हो भन्दै अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकको सद्भाव, ऐक्यबद्धता र सहयोग संविधानको कार्यान्वयन र नेपालको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण हुने उल्लेख गरे ।

मन्त्री डा. महतले शान्तिपूर्ण, समृद्ध र विकसित नेपालका लागि देशको अपार जलस्रोतको सम्भाव्यतालाई उपयोगमा ल्याउन दुई देशबीच सहकार्य आवश्यक भएको बताए ।

शिक्षा र स्वास्थ्य तथा नागरिकका दैनिक सवालमा भन्दा सुरक्षा तथा आतङ्कवाद नियन्त्रणमा बजेट खर्चनु परेका कारण अल्पविकसित मुलुकपछि परेको जनाउँदै उहाँले नेपालले दीगो विकास लक्ष्य र पेरिस सम्झौतालाई पछ्याउँदै आफ्ना विकासका पाइला अघि बढाउने स्पष्ट गरे । रासस

प्रतिक्रिया दिनुहोस