राज्यलाई नै दिग्भ्रमित गरेको मोर्चाको आरोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राज्यलाई नै दिग्भ्रमित गरेको मोर्चाको आरोप


४ माघ २०७३, मंगलबार


काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा केही दलले सरकारलाई झुठा सूचना दिई राज्यलाई नै दिग्भ्रमित गर्ने षडयन्त्र गरेको आरोप लगाएको छ ।

मोर्चाको केन्द्रीय सचिवालयको सोमबार सम्पन्न बैठकले मोर्चाको तर्फबाट बुझाइएका सहिदको सूचीमध्ये सहिद घोषणा गर्न बाँकी रहेकालाई अविलम्ब सहिद घोषणा गर्न, आन्दोलनको क्रममा राज्य पक्षद्वारा आन्दोलनकारी माथि लगाइएका सम्पूर्ण मुद्दा अविलम्ब फिर्ता गर्न, बाँकी रहेका घाइतेको उपचार खर्च प्रदान गर्न माग गरेको छ ।

त्यस्तै, न्याय परिषद्ले हालै गरेको न्यायाधीश नियुक्तिको सिफारिस असमावेशी र असंवैधानिक भएको भन्दै मोर्चाले उक्त निर्णयविरुद्ध नेपाल बार एसोसिएसनका विभिन्न शाखालगायत अन्य सरोकारवालाद्वारा गरिने सबै प्रकारको विरोध कार्यक्रममा ऐक्यबद्धता रहने निर्णय गरेको छ ।

सद्भावना पार्टी केन्द्रिय कार्यालय, नयाँ बानेश्वरमा बसेको बैठकले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संसोधन विधेयक परिमार्जनसहित पारित गर्न ध्यानाकृष्ट गराएको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस