लाग्छ जिवन गुमनाम पोका जस्तै
क्षणभंगुर पानीको फोका जस्तै
पाऊने रून्छ दिने हास्छ सधैभरी
प्यारमा पाएको धोका जस्तै
कती दिन रहला र उस्को कहानी
भाकलमा चढाएको बोका जस्तै
न आवत जावत छ, न त बोलीचाली नै
हेर्नुस पराईका घरको ढोका जस्तै
आउन त बर्षैपिच्छे आउछन् सरकारहरू
सबै उस्तै देखिन्छन नांगा भोका जस्तै