Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वमन्त्री भट्टद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण


२२ पुस २०७३, शुक्रबार


 

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले दार्चुला जिल्लाको सदरमुकाम दार्चुलाको लास्कुगाडदेखि नमस्कारसम्म निर्माणाधीन तटबन्धको विहिबार निरीक्षण गर्नुभएको छ ।

वि.सं. २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले दार्चुलाको आधा सदरमुकाम बगाएको थियो ।

तटबन्ध निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले पटकपटक गुहार्दा समेत अझैसम्म पनि पूरा नभएकाले माओवादी नेताले विशेष चासोका साथ अवलोकन गरेको प्रेस सेन्टर नेपाल, कञ्चनपुरका अध्यक्ष राजेन्द्रप्रसाद अवस्थीले दार्चुलाबाट जानकारी दिनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता भट्टले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउन सम्बन्धित कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो ।

दार्चुला सदरमुकामवासीको जीउधनको सुरक्षाको लागि सरकारले महाकाली नदीमा तत्काल तटबन्ध निर्माण र बजार क्षेत्रको पुनःनिर्माणको कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले यसबारे गम्भीरताका साथ सरकारका मन्त्रीहरुसँग छलफल गर्ने बताउनुभयो ।

दार्चुलाका बाढीपीडितले आफूहरुले उचित क्षतिपूर्ति समेत नपाएको र तटबन्ध निर्माण नहुँदा जोखिमका साथ बस्नुपरेको दुखेसो पोख्नुभयो ।

माओवादी नेता भट्टले पीडितको माग अनुसार केन्द्रमा छलफल चलाएर पीडितको माग सम्बोधनका लागि प्रयास गर्ने आश्वासन दिनुभयो ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) दार्चुलाले खलङ्गामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले संविधान कार्यान्वयनका लागि माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा खटिसकेकाले जिल्लाका नेता तथा कार्यकर्ताले हरेक वडा, गाउँ, नगरसम्म खट्न निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस