Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गोलीप्रहार गरी लुटपाट


१९ पुस २०७३, मंगलबार


उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।

राती ८ः३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो ।

गोली प्रहार गरेर सो समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुईवटा मोटरसाइकलमा चारजनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस