आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकपमा सुनसरी विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकपमा सुनसरी विजयी


१९ पुस २०७३, मंगलबार


पाँचथर । फिदिममा जारी आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सोमवारको खेलमा इलाभेन एरोज क्लब सुनसरी विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

एरोजले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । सुनसरीको जितमा विदेशी सामसिङले ३० औं र ६८ औँ मिनेटमा दुई गोल तथा ८३ औँ मिनेटमा पिटरले थप एक गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक फिदिम स्पोर्टिङ क्लब र फ्रेन्डस क्लब बिआरसी भुटानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी प्रतियोगिताका विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस