Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चकलेट बाँड्दै विद्यार्थी आकर्षण


१६ पुस २०७३, शनिबार


महोत्तरी । अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआउनुभएको छ ।

महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रअ रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहनुभएको छ । वि.सं. २०६४ मा एक्सन नेपाल नामक संस्थाले बाटाको छेउमा दुईकोठे अर्धपक्की भवन बनाइदिएपछि त्यस समुदायका बालबालिकालाई आफूले पढाउँदै आएको ठाकुरले बताउनुभयो ।

विद्यालय सञ्चालन भएको एक दशकसम्म जिल्ला शिक्षा कार्यालयलाई सहयोगका लागि बारम्बार आग्रह गर्दा समेत कुनै किसिमको सहयोग नपाइएको गुनासो प्रअ ठाकुरले गर्नुभयो । चौरासी जना विद्यार्थीले विद्यालयको स्थापनाकालदेखि नै पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पाउन सकेका छैनन् ।

जिल्ला शिक्षा कार्यालयले यसै वर्ष एककोठे पक्की शौचालय बनाइदिए तापनि त्यहाँ स्वच्छ खानेपानीको अभाव नै छ । वि.संं. २०६७ मा स्थानीयवासी राजकिशोर यादवले विद्यालयलाई जग्गा उपलब्ध गराए पनि आर्थिक स्रोतको अभावका कारण भवन निर्माण हुन नसकेको विद्यालयले जनाएको छ ।

कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा दुई बाल विकास र एक पिसिएफ (प्रति बाल कोष) दरबन्दी भए तापनि त्यहाँ दुई बाल विकास र दुई पिसिएफ शिक्षक छन् । पिसिएफका दुई शिक्षकले तलब बाँडफाँट गरेर बुझ्दै आएको विद्यालय स्रोतले जनाएको छ ।

एक सय ८० मुसहर समुदायको घरपरिवार बसोबास गर्ने सो बस्तीका अधिकांश बालबालिका ससाना नानी खेलाउने, घरको कामकाज गर्ने जस्ता कामकाजमा व्यस्त भएका कारण अध्ययन गर्न विद्यालयसम्म आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस