कविता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कविता


१६ पुस २०७३, शनिबार


मेरा सपनाका कागजातहरु सँगै
हातका नाडीहरु धड्कीयझै हुने
स्नेहको एक झुल्को घामबाट
तिमी उदाउदथ्यौ

जँहा,
हरेक क्षणले अङ्कमाल गरेर
जुठो पारी सकेको हुन्थ्यो
लिपिस्टिक लगाएका नक्कली ओठहरुमा
यहाँ
समयले सधै धुलो माटो उडाउने गर्थ्यो
एक चोक्टा जिन्दगीमा
जो कसैबाट लुछेर कसैलाई
आहारा बनाइनु पर्दथ्यो

जस्तैकी,
आशाहरु बोकेको
निराशाको तातो बेलुन
जो बेनिराशाका बहुत गन्तव्य स्थलहरु त्याग गरेको हुन्छ ।
जो समय चक्र भन्दापनी बढी तेजिलो हुन्छ।
बढी रवाफिलो हुन्छ ।

कालो कपाल फरफरायझै।
मेरा संसार नियाल्ने अन्धा आँखाहरुमा
हरेक गुन्जन सुन्ने मेरा बहिरा कानहरुमा
तिम्रो स्थीरताले स्पर्श गरीरहन्थ्यो
तिम्रो रातो पहिरनले
एक युगको सम्भावना बोकेको हुन्थ्यो
जिन्दगी हराएको छ
भोक प्यास हराएको छ

तैपनि,
आशा मारेर ।
जिन्दगीका खुटकिला चढन छाडेको छैन
लाग्छ,
थप यातना भोगेको छैन
तर म मर्माहित छु
तिमी यहा छौ या अप्सराहरुसँग
स्वर्गमा नाची रहेकी छौ
म तस्विर नियाल्दै हरेक सुरुवात र
हरेक अन्त्य गर्छु
बिडम्बना
भेटिएको छैन
हराएको तस्विर

Tags :
प्रतिक्रिया दिनुहोस