नेपाल निजामती कर्मचारी संगठनको दशौ राष्ट्रिय अधिवेशन सम्पन्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल निजामती कर्मचारी संगठनको दशौ राष्ट्रिय अधिवेशन सम्पन्न


प्रशासन विशेष ब्युरो

३ पुस २०७३, आइतबार


नेपाल निजामती कर्मचारी संगठनको दशौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । ११७ केन्द्रिय कार्य समिति रहेको संगठनमा २८ सदस्यीय सचिवालय रहेको छ । तीन वर्षको कार्यकाल रहने व्यवस्था विधानमा छ । नेकपा (एमाले) सँग निकटता रहेको यो संगठनको नेतृत्वको लागि प्यानलगत ढंगले नै प्रतिस्पर्धा भएको छ ।

के.पि.ओली पक्षको भनेर चिनिने केदार प्रसाद देवकोटा अध्यक्ष निर्वाचित हुनु भएको छ । ७४४ प्रतिनिधि मध्ये उहाँले ३७१ मत प्राप्त गरी २४ मतको अन्तरमा विजयी हुनु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा केदार प्रसाद देवकोटा कै प्यानलमा रहेर माधव नेपालको निकटस्थका रुपमा परिचित लेखनाथ कोइराला अत्याधिक वहुमतका साथ विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई १२० मतको फराकिलो मतअन्तरले पछार्दै सवै भन्दा बढि पपुलर मत प्राप्त गर्ने पदाधिकारी भएका छन् कोइराला । आगामी एघारौ राष्ट्रिय अधिवेशनको अध्यक्षको रुपमा अघि बढाउने गाइगाई समेते कर्मचारीहरुमा सुनिन्थ्यो ।

प्यानलका हिसावले निर्वाचित पदाधिकारी/सदस्यहरुमध्ये सचिवालयमा मोहन घिमिरेको तर्फबाट उम्मेदवार बन्नु भएकाहरु बढी निर्वाचित हुनुभएको र केन्द्रिय कमिटीमा भने केदार पक्षका ७१ जना निर्वाचित भएको बुझिएको छ । यस अधिवेशनबाट युवाहरुले उल्लेख्य संख्यामा केन्द्रिय समितिमा नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । कृष्ण बहादुर के.सि., देवेन्द्र ढकाल, विवेक घिमिरे, मन्जु कुमारी शर्मा, देवि पराजुली, मन्जुलता कुशवाहा, कवि सिं कठायत, सूर्य बहादुर कुवँर, सुनिता वस्नेत, कमलापति भट्ट, सरस्वती धिमाल, विष्णु अर्याल, रामचन्द्र पण्डित, अमर गिरी, वामदेव वली, मधु मिजार लगायतका नेताहरु रहेका छन् ।

प्रदेशको संरचनामा भएको निर्वाचन बमोजिम १ देखि ७ सम्म क्रमशः भुवन राई, नौतम पोखरेल, शरण गुरुङ्ग, घनश्याम सापकोटा, ५ मा मत बराबरी, ६ मा मोहन गिरी, ७ मा रामचन्द्र जोशी निर्वाचित भएका छन् भने जनजाती, महिला, श्रेणि विहिन र मधेशिबाट उपाध्यक्षमा क्रमशः ललिक बहादुर महर्जन, भवानी दहाल, बैकुण्ठ गुरागाई र भागवत यादव रहेका छन् ।

महासचिवमा अत्यधिक मतका साथ रेवन्त गौतम, उप महासचिवमा चेतनाथ न्यौपाने, राजेन्द्र श्रेष्ठ, रेणुका के.सी., सचिवमा युवा चन्द्र घिमिरे, शान्ति लुईटेल, रामचन्द्र अधिकारी, गगन वि.के., भवानी खतिवडा, वेद प्रसाद खतिवडा र सीता गुरुङ्ग बिजयी भएका छन् । कोषाध्यक्षमा बखत बहादुर खड्का र सह–कोषाध्यक्षमा भने शान्ति विभागीयको सि.वि.ए. अध्यक्ष गणेश प्रसाद आचार्य एकै पटकमा सचिवालय प्रवेश गरेका छन् ।

यो अधिवेशनले हालै गठन भएको आधिकारीक टे«ड युनियनलाई स्थापित र प्रभावकारी वनाउन थप वल प्राप्त भएको आम निजामती कर्मचारीहरुको ठम्याई पनि छ ।

प्रतिक्रिया दिनुहोस