गजल
भोको पेटले खाना पाउने व्यबस्था पो चाहियो
नाङ्गो जिउले नाना लाउने व्यबस्था पो चाहियो ।।
के दिन्छ खोई ठुलाठुला भाषण अनि घोषणाले
गरिबको नि छाना छाउने व्यबस्था पो चाहियो ।।
पहुँच अवसर अधिकारमा सबै समान बनाएर
माथि सम्मै साना आउने व्यबस्था पो चाहियो ।।
बाहुन क्षत्रि आदिवासी मधेशी र दलित सबले
सदभावको गाना गाउने व्यबस्था पो चाहियो ।।
लोकतन्त्रको विरूवाले दिन्छ भने सम्बृद्धता
हुर्कि बढी दाना आउने व्यबस्था पो चाहियो ।।