३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सगरमाथा सिमेन्ट डीपीएल’ चैत्र पाँच गतेदेखि

अ+ अ-

काठमाडौं । यही चैत्र पाँच गतेदेखि धनगढीमा देशकै सर्बाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग सुरु हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को सयुक्त आयोजना रहने प्रतियोगिताको बिजेता टोलिले रु. १५ लाख पाउने बताइएको छ । यो पुरस्कारको राशी नेपाली क्रिकेटमा हाल सम्मकै सर्बाधिक हुने छ ।

अनुमानित १ करोड ६० लाख रहने प्रतियोगिताको पुरस्कार राशीमै २८ लाख ५० हजार रुपैयाँ खर्च गरिने धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष शुवास शाहीले बताए । प्रतियोगिताको उपविजेता टोलिले रु. ७ लाख पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले मोटरसाइकल प्राप्त गरिने आज राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

देशभरका ६ सहरको टोलिहरु सहभागी हुने प्रतियोगितामा सहभागी हुने टोलिहरुको घोषणा पुष २१ गते सार्बजनिक गरिने बताईएको छ । हालसम्म धनगढी, अत्तरिया, रुपन्देही र काठमाडौंका टिम तयार भइसकेको जनाइएको छ । अन्य सहरका टिमहरुसंग कुरा भइरहेको शाहीले बताएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा वा अनलाईन मार्फत पनि फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ । दर्ता भएपछि टोलिहरुले खेलाडीहरुको चयन ‘अक्सन प्रणाली’ द्वारा गरिनेछ । अक्सन पुष २३ गते काठमाडौँमा हुने बताईएको शाहीले बताएका छन् ।

यस भन्दा अघि धनगढी क्रिकेट लिगमा खेलाडीहरुको चयन अक्सनको आधारमा गरिएको थियो । जुन नेपालमा पहिलो पटक गरिएको थियो । यसपटक पनि अक्सनकै आधारमा खेलाडीहरुको चयन गरिने छ । गतबर्षको खेलमा धनगढीका ५ टिमलाई मात्र सहभागिता गराइएकोमा यसपाली बृहत रुपमा देशभरका ६ वटा टिम समेटेर खेलाईने शाहीले बताएका छन् । गतबर्षको प्रतियोगिताको पुरस्कार राशी ३ लाख रुपैया थियो ।

धनगढी प्रिमियर लिगको मुख्य प्रयोजन सगरमाथा सिमेन्टले गर्ने शाहीले बताएका छन् । मुख्य प्रायोजकले १५ लाख रुपैयाँ आयोजकलाई प्रदान गर्ने जनाइएको छ । प्रतियोगिताको सह–प्रयोजन राईका टुर एण्ड ट्राभल्स, होटल डिभोटि, वेल्स क्याफे, चौधरी बुक डिपो रहेका छन् । त्यस्तै प्रवरधकको रुपमा नेपाल टुरिजम बोर्ड, रास्ट्रिय खेलकुद परिषद, धनगढी उपमहानगरपालिका, होटल ब्यबसायी संघ कैलाली, जिविस कैलाली र क्रिकेट प्लेयर्स एसोसियसन नेपाल रहेका छन् ।

प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले बिभिन्न चुनौतिको सामना गर्दै सानो लगानिबाट शुरु गरिएको प्रतियोगिताले यत्रो बिसाल रुप लिदा खुशी लागेको बताए ।  लगानी गर्ने हो भने नेपालमा क्रिकेट क्षेत्रमा निकै सम्भावना रहेको शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस