किन घटे पर्यटक ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किन घटे पर्यटक ?


प्रशासन विशेष ब्युरो

२९ मंसिर २०७३, बुधबार


दार्चुला । अच्छाको छ मौसम, सिजन नै हो यो घुमघाम र डुल्ने फिर्ने । तर पर्यटकीयनगरी दार्चलाको अपिनाम्पामा यस पटकको सिजनमा बढेका छैनन् पर्यटक । आन्तरिक तथा बाह्य पर्यटकहरु अपेक्षाकृत धेरै नआएपछि स्थानीयहरुको व्यापार व्यवसाय मात्रै हैन, समग्र पर्यटन व्यवसायमा नै संतोषप्रद अवस्था देखिएको छैन ।

सरकारी तथ्याँक अनुसार नै चालू आर्थिक वर्षको पाँच महिनामा दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटक घटेका छन् ।

दार्चुलाको २१ गाविस समेटिएर घोषणा भएको अपिनाम्पा संरक्षण क्षेत्रमा आउने मुलतः बाह्य पर्यटक घटेका हुन् । यो आर्थिक वर्षको मंसिरमा मात्र दुई जना विदेशी पर्यटक अपि वेश क्याम्प घुमेर फर्किएको रेकर्ड रहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाले प्रश्तुत गरे ।

हेर्नोस त ! सरकारी तथ्याँकमै जम्मा २ जना विदेशी पर्यटक ? कति निराशाजनक तथ्य ? उसो त गत वर्ष अपिनाम्पा संरक्षण क्षेत्रमा यही सिजनमा २९ जना विदेशी पर्यटकले अवलोकन गरेका थिए ।

पर्यटन प्रवद्र्धका नाममा नेपाल पर्यटन बोर्डले वार्षिक करोडौं रुपैया खर्चदै आएको छ । केही चलेका र सुविधायुक्त ठाउँमा मात्र केन्द्रित हुँदै आएको पर्यटन बोर्डको आँखा दुरदराजतिर पर्नु पर्दैन र ? कि सुगम र विदेशका लागि मात्रै हो नेपाल पर्यटन बोर्ड ?

यो क्षेमा विदेशी पर्यटकहरुका लागि मुख्य आकर्षण हो, अपि हिमाल । यो क्षेत्रमा पर्यटकको अवलोकन भ्रमणमा तान्ने नै अपि हिमालको रोमाञ्चक दृश्यले हो । यसको साथै केही विदेशी भने संरक्षण भित्रका वन्यजन्तु हेर्न समेत आउने गरेको सहायक संरक्षण अधिकृत शेर्पाको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस