सपना
थाहा छैन—
सपनाहरू रङ्गिन हुन्छन्
वा श्वामश्वेत ?
के तपाईलाई थाहाछ—
किन दिनहुँ हराउँछ यहाँ
आँखाबाट रङ्गका पुर्जाहरू
को लुट्छ
बहुमुल्य सपना ?
खोज्दै जाँदा—
बन्धक पाए
चिल्ला काठका कफनभित्र …..!
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







