केही मुक्तकहरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

केही मुक्तकहरु


प्रशासन विशेष ब्युरो

२५ मंसिर २०७३, शनिबार


म दुखेर कराएथें, उ लुटेर कराएछ ।
बनाउँछु भन्दै घर भत्काएर डराएछ ।
समाजमा विकृतीको आगो लाग्दा निभाउने,
संस्कृति र संस्कारको किताव नै हराएछ ।

उसैले हो जीन्दगीको पाठ पढ्न सिकाएको
उकाली होस् या ओराली, अघि बढ्न सिकाएको ।
घाउ, चोट, पीडा सबै छातीभित्र लुकाउँदै,
हरपल प्रगतिको सिंढी चढ्न सिकाएको ।

उसले औला देखाएर तर्साउन खोज्यो ।
के सोच्यो खै, गाली गर्दै थर्काउन खोज्यो ।
सम्झौताको मलमले थाकेको त्यो घाउ फेरी,
बिद्रोहको नुन छर्दै चर्काउन खोज्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस