म दुखेर कराएथें, उ लुटेर कराएछ ।
बनाउँछु भन्दै घर भत्काएर डराएछ ।
समाजमा विकृतीको आगो लाग्दा निभाउने,
संस्कृति र संस्कारको किताव नै हराएछ ।
उसैले हो जीन्दगीको पाठ पढ्न सिकाएको
उकाली होस् या ओराली, अघि बढ्न सिकाएको ।
घाउ, चोट, पीडा सबै छातीभित्र लुकाउँदै,
हरपल प्रगतिको सिंढी चढ्न सिकाएको ।
उसले औला देखाएर तर्साउन खोज्यो ।
के सोच्यो खै, गाली गर्दै थर्काउन खोज्यो ।
सम्झौताको मलमले थाकेको त्यो घाउ फेरी,
बिद्रोहको नुन छर्दै चर्काउन खोज्यो ।
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







