१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगी नरहरिनाथका पुस्तक प्रदर्शनीमा

अ+ अ-

काठमाडौँ । प्रकाण्ड विद्वान योगी नरहरिनाथले लेख्नुभएको पुस्तक विहिबार देखि प्रदर्शनीमा राखिएको छ । बृहद् आध्यात्मिक परिषद्को आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको प्रदर्शनी शुक्रबारसम्म चल्नेछ । प्रदर्शनीमा इतिहास र संस्कृतिका खोजकर्ता योगी नरहरिनाथले लेख्नुभएका इतिहास, संस्कृति, पुरातत्व, धर्म र अध्यात्म विषयका करिब पाँच सय पुस्तक राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नरहरिनाथले इतिहास, संस्कृति र आध्यात्मिक क्षेत्रमा गर्नुभएको खोज अतुलनीय रहेको बताउनुभयो । परिषद्का अध्यक्ष स्वामी श्रीशनाथले योगीको विचार युग सापेक्ष रहेकाले पुस्तकको अध्ययन गर्दा लाभ पाइने अनुभव सुनाउनुभयो । त्रिवि, संस्कृत विभागका उपप्राध्यापक जनार्दन घिमिरेले नेपाललाई विश्वको केन्द्र बनाउने योगीको सोच अनुकरणीय रहेको विचार व्यक्त गर्नुभयो ।

नेपाललाई विश्वको ज्ञानको स्रोत बनाउनुपर्छ भन्ने योगीको भावनालाई सहयोग पु¥याउन प्रदर्शनीको आयोजना गरिएको वृहद् आध्यात्मिक परिषद्का महासचिव विश्व केसी पोखरेलले बताउनु भयो । सो अवसरमा योगीको रचना एवम् उदय खनाल ‘उमेश’ को स्वर र सङ्गीत रहेको गीत ‘राष्ट्रध्वज’ (नेपालको झन्डा) समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस