धनगढीमा प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७३ फुटवल प्रतियोगिता हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

धनगढीमा प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७३ फुटवल प्रतियोगिता हुने


प्रशासन विशेष ब्युरो

२१ मंसिर २०७३, मंगलबार


काठमाडौं । सुदूरपश्चिम -११ स्पोर्टस क्लब धनगढी, कैलालीको आयोजनामा धनगढी रंगशालामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप २०७३ फुटवल प्रतियोगिता हुने भएको छ ।

यही पौष २१ गतेदेखि माघ १ गतेसम्म संचालन हुने उक्त फुटवल प्रतियोगितामा भारतका दुई र नेपालका १० गरी १२ वटा ए श्रेणीका क्लवहरुको सहभागिता रहने छ ।

“खेलकुदको विकासमा सहकार्य गरी सुदूरपश्चिमलाई खेलकुद, पर्यटनको रुपमा स्थापित गरौं” भन्ने मुल नारा सहित हुन गई रहेको प्रथम अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताले सुदूरपश्चिमको खेलकुद विकासमा ठूलो फड्को मार्ने विश्वास आयाजक संस्थाको रहेको छ ।

हालसम्म सुदूर पश्चिममा एउटा पनि अन्तराष्ट्रियस्तरको फुटवल प्रतियोगिता नभएको अवस्थामा यस प्रतियोगितालाई विशेष रुपमा हेरिने राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

सुदूर पश्चिममा फुटवलको चहल पहल बढाउने, यहाँका खेलाडी तथा अभिभावकहरुलाई फुटवल खेलतर्फ उत्प्रेरित गराउने, सुदूर पश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र सुदूर पश्चिमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटवल फुटवल खेलाडीहरु उत्पादन गर्ने उद्येश्य सहित संचालन हुन लागिएको यस प्रतियोगिताले बढ्दो युवादुव्र्यसनी नियन्त्रण लगाएत समाजमा उत्पन्न विभिन्न अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने सुदूरपश्चिम –११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले बताउनु भयो ।

ख्यातीप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता टीमलाई नगद ५ लाख रुपैयाँ र उपविजेता टीमलाई दुइ लाख ५१ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाइए मोेटरसाइकल दिइने छ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजारका दरले नगद पुरस्कार प्रदान गरिनुका साथै म्यान अफ दि म्याचलाई ५/५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

football_1_final

प्रतिक्रिया दिनुहोस