Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुरक्षा तैनाथीकाबीच जुम्लाको चन्दननाथ मन्दिरबाट दत्तात्रय सहित दर्जनौं मूर्ति चोरी


प्रशासन विशेष ब्युरो

१२ मंसिर २०७३, आइतबार


प्रशासन काठमाण्डौं । कर्णाली अञ्चलकै धरोहरका रुपमा लिइने चन्दननाथ मन्दिरबाट ऐतिहासिक मुर्तिहरु चोरी भएका छन् । जुम्ला जिल्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिरबाट हिजो राति दत्तात्रयको करिब ३ फिट अग्लो मुत्र्ति सहित अन्य दर्जनौ मुर्तिहरु चोरी भएका हुन् ।

राति करिब १ः५५ बजेतिर मुर्ति चोरी भएको खबर प्रहरीमा आएको र तत्कालै सबै नाकाहरु बन्द गरी खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मुर्ति चोरी भएको खबर पाएसंगै भक्तजन लगायत सदरमुकाम आसपासका स्थानीयबासिन्दाहरु चन्दननाथ मन्दिरमा जम्मा भएका छन् ।

प्रहरीको समेत सुरक्षा तैनाथी रहेको भए पनि मन्दिरबाटै चोरी हुनु बिडम्बना रहेको भन्दै तत्काल चोरिएका मुर्तिहरु खोज्न स्थानीयले दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस