३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको निर्देशनपछि तामाङको शब काठमाडौंमा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष निर्देशनपछि मलेसियामा मृत्यु भएका पूनर्बास नगरपालिका, चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शब काठमाडौं ल्याइएको छ ।

वैदेशिक रोजगारीको क्रममा २ वर्ष अघि मलेसिया पुगेका तामाङको मंसीर २ गते अकस्मात् मृत्यु भएको थियो । मृतकका परिवारले मंसीर ६ गते मृतकको शब नेपाल ल्याउने व्यवस्था मिलाई दिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेका थिए । मृतकका आफन्तको अनुरोधपछि नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको विशेष पहलमा तामाङको शब नेपाल ल्याइएको हो ।

तामाङको शब नेपाल ल्याउने प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूताबाससँग समन्वय गरेको थियो । तामाङको शब मंसीर ८ गते दिउँसो १ बजे त्रिभूवन बिमानस्थल ल्याइएको थियो । आज नै तामाङको मृत शरिर गृह जिल्ला कञ्चनपुर पठाइएको माओवादी नेतृ बिना मगरले जानकारी  दिएका छन् । तामाङको शब कञ्चनपुर लैजाने व्यवस्था प्रधानमन्त्री कार्यालयले मिलाएको थियो ।

प्रतिक्रिया दिनुहोस