त्यो साथ,
अनि त्यो साँझको गोधुली,
आहा कति मिठो ………. मिठो ………………….
डरसंगै उल्लास, उमंग
दुई वर्ष अघिदेखिकै चाहना हो, मिल्ने दुइचार जना साथिहरुसंग लामो यात्रामा निस्कने ।
बुलेट वाईक अनि साथमा डिएसएलआर क्यामेरा ।
तिहारको पर्सिपल्ट बिहानै टोली काठमाडौंबाट मुस्ताङका लागि मुभ गर्यो । ७० को स्पिडमा बुलेटमा सररर हावा खाँदै मलेखुमा तेल भरियो ।
पहिलो दिन पोखरामा बस्ने योजना अनुशार हामी हिडेका थियौं तर पोखरामा पेट्रोल नभेटाएपछि हामी वेनीमा पेट्रोल भर्ने र त्यही बास बस्ने गरी पोखराबाट हिड्यौं ।
लुम्ले हुँदै बेनी ।
डाँडामाथिको बुलेट यात्रा ।
सूर्यले बादलुको घुम्टो ओढ्दै डाँडापारीको ओरालो झर्दै गर्दा
हामीलाई फोटो खिच्न मन लाग्यो ।
प्रकृत्तिको त्यो लोभ्याउने सुन्दरताले हामीलाई तानिहाल्यो ।
त्यो साथ,
अनि त्यो साँझको गोधुली,
आहा कति मिठो ।
बाटो छेउको एउटा पसलमा चिया पिउदै
एकैचोटी वेनीमा रोकिने गरी हामी अघि बढ्यौं ।
साथिहरु मज्जैले हुईकिए ।
चिसोले होला या धेरै समयपछि लामो यात्राले पनि हुन सक्छ,
ढाड तथा कुम दुखे दुखे जस्तो भईरहेको थियो । त्यसैले पनि म बिस्तारै बिस्तारै अघि बढिरहेको थिए ।
साथिहरु कुशुम र वेनी छुट्टिने मोडमा पर्खिबसेका थिए ।
म पुगेपछि हामी अगाडि बढ्यौं ।
कच्चि बाटो । हिलाम्य सडक । तर पनि आनन्द ।
अफ रोड
कतै हिलो त कतै ढुँङ्गा ।
एक पछि अर्को छिचोल्दै जाँदा
साँघुरो बाटोमा
माथिबाट झरेका झर्ना अनि तर तिर फर्केर हेर्दा कलकल बग्ने काली गण्डकी,
डरसंगै उल्लास, उमंग ।
बाइकमा मुस्ताङ्ग जानेहरुको ठूलै लर्को देखिन्थ्यो ।
जति जति माथि उक्लिदै गयो । उति उति चिसो बढ्दै थियो ।
हरेक कठिनाइहरुमा उतिकै मिठास ।
बेनीदेखि मुक्तिनाथसम्मको १७३ किलोमिटरको यात्रामा यति धेरै विविधता भेटिए कि लाग्यो
आहाँ हाम्रो नेपाल प्राकृतिक रुपमा त कति सुन्दर रहेछ !
कागबेनी,
आहाँ धर्तिको स्वर्ग !
जति हेरे पनि धितै नमर्ने, हेरी मात्रै रहँु जस्तो लाग्ने । ती दृश्य काठमाडौं फर्किएको धेरै दिनसम्म आँखामा नाचिरहे ।
कति खिच्नु पनि फोटो पनि । जति खिचे पनि खिचौं खिचौं मात्रै लाग्ने ।
प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शनले प्रफुल्ल मन ।
परिसरबाट तर्लङ्ग देखिने लोभलाग्दा दृश्यहरु
अझै बोलाई रहेछन्
काठमाडौं देखि मुक्तिनाथसम्मको ७४६ किलोमिटरको बुलेट यात्रा
एक यात्रा मात्र नभई
एक अविश्मरणीय क्षण रह्यो
र,
यो मनले सोधिहाल्यो,
अब
अर्को यात्रा कहाँ जाने !