निशुल्क मोतिबिन्दु अपरेशन शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निशुल्क मोतिबिन्दु अपरेशन शुरु


प्रशासन विशेष ब्युरो

४ मंसिर २०७३, शनिबार


सुर्खेत । सुर्यज्योति उमावि मेहेलकुना सुर्खेतमा आज देखि मोतिबिन्दु अपरेशन शुरु भएको छ । नेपाल नेत्र ज्योति संघ नेपालगंज बाँके,फत्तेवाल आँखा अस्पताल फुल्ट्रेक्रा र सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुना सुर्खेतको आयोजनामा शुरु भएको तीन दिने निशुल्क मोतिबिन्दु अप्रेसन मंशिर ६ गतेसम्म संचालन हुने छ ।

कार्तिक २८ गते देखि मंसीर ३ गतेसम्म जिल्लाका बिभिन्न स्थानमा गरिएको आँखा जाँच शिविरबाट छनौट गरिएका विरामीका लागि आजबाट अप्रेशन शुरु भएको हो । छनौटमा पुर्वि सुर्खेतका ११ वटा गाविसहरु छिन्चु, रामघाट, मैनतडा मेहेलकुना, सहारे, मालारानि, घुमखहरे, दहचौर, गुमि, लेखफर्सा र दशरथपुर गाविस रहेकाछन् । अप्रेसनका लागि आउने बिरामीहरुको बिहानै देखि नाम दर्ता गराउन भिड लागेको छ ।

नाम दर्ताका लागि बिहान १० बजे देखि २ बजेसम्मको समय तोकिएको छ भने दर्ता शुल्क २० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस