Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


काठमाडौँ, १९ साउन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले आज १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सागर पुन छन् । त्यस्तै विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमलासमेत टोलीमा अटाएका छन् ।

नेपालले यही साउन २९ र ३१ गते उसकै घरेलु मैदानमा नेदरल्याण्ड्स संग दुई खेल खेल्नेछ । नेपाल क्रिकेट सङ्घ निलम्बन परेको अवस्थामा आइसिसीले प्रतिनिधि पठाएर राष्ट्रिय टोलीको छनोट गरेको हो । रासस

 

प्रतिक्रिया दिनुहोस