सदनमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्दै प्रचण्डले बजेट नछुट्याएका रेलजस्ता ठूला आयोजनाको स्रोत कहाँबाट आउँछ भन्दै प्रश्न गरेका थिए ।
काठमाडौं, १९ साउन । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा सोधेको प्रश्नको जवाफ बालकोटस्थित आफ्नै निवास पुगेर फर्काएका छन् ।