पर्यटक तान्दै कालीगण्डकी जल यातायात
गण्डकी । पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित नवीन टोल विकास संस्थामा आबद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका...