कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता « प्रशासन
Logo १० कार्तिक २०७८, बुधबार
   

कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता


४ आश्विन २०७८, सोमबार


ढल

रामपुर । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल हिजो (आइतबार) दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।

पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबार मात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ ।

पुट्टारघाटको झोलुङ्गे पुलपारि (तनहुँतिरको भागमा) आफूले प्रयोग गरेको मोटरसाइकल, चाबी, बिलबुक, पर्ससमेत फेला परेको प्रहरी चौकी पुट्टारका प्रमुख पदमबहादुर कुमालले जानकारी दिएका छन् ।

नदीमा बेपत्ता भएका सिग्देलको खोजी जारी रहेको स्थानीयवासी नारायण सिग्देलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस