काठमाडौँ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई हटाउने निर्णय गरेको हो ।
निजी चालकसँग पैशा लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोध्दै नेपाल बोलाएको थियो ।
राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए ।