२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति भण्डारी

अ+ अ-

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताएकी छन् ।

१५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गदै उनले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताइन्।

उनले भने, ‘भविष्यमा जलवायु परिवर्तनको असरबाट चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गैँडा र जैविक विविधता लोप हुन पुगे र पर्यटक आउन छाडे भने हाम्रो पर्यटन क्षेत्रमा ठूलो असर पर्ने नै छ ।’ उनले थपे, ‘भविष्यका सन्ततिलाई समेत यी प्राकृतिक स्रोत र साधन नासोका रुपमा सुम्पिन सकेनौँ भने वन्यजन्तु र वनस्पति त लोप हुने नै छन्, त्योभन्दा बढी समग्र मानव अस्तित्वमा नै खतरा उत्पन्न नहोला भनेर भन्न सकिँदैन ।’

राष्ट्रपति भण्डारीले सर्वश्रेष्ठ चेतनशील प्राणीका रुपमा रहेको मानव समाजलाई समृद्ध बनाई रहन जीवजन्तु र प्रकृतिलाई दुःख दिन र सङ्कट थुपार्नु राम्रो कुरा नभएको बताए ।

यस क्षेत्र भएर बग्ने महत्वपूर्ण नदीले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरिरहेको भन्दै उनले विश्व सम्पदा तथा रामसार सूचीमा सूचीकृत यहाँका सम्पदाको संरक्षण र सम्बर्दरधनमा ध्यान पुर्‍याउँदा ठूलो संस्कृतिक गन्तव्यको रुपमा रहेको देवघाट क्षेत्रको समेत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा पर्यावरणमैत्री भौतिक पूर्वाधारको विकास गरी पर्यटन प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले पर्यापर्यटनको दिगो विकासका लागि सोही अनुकूलको शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने बताइन्।

देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पुर्‍याउने पर्यटन उद्योगले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने सङ्कल्प साकार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ भन्ने आफ्नो पूर्ण विश्वास रहेको उनले बताउए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वन र वन्यजन्तु मानव जीवनको अभिन्न अङ्ग भएकाले यिनीहरुको संरक्षणमा सरकारले प्रमुख दायित्व लिएको बताए । उनले पर्यापर्यटनको अथाह सम्भावना भएको नेपालमा वन र वन्यजन्तुमा आधारित यस्ता गतिविधिले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए ।

सोही अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटनको ठोस योजना नहुँदा प्रदेश सरकार अलमलमा रहेको भन्दै पर्यटनको विकासलाई ओझेलमा राखेर देशमा समृद्धि ल्याउन नसकिने बताए । वन र वन्यजन्तु देशका अमूल्य निधी भएको भन्दै उनले यस्ता मेला महोत्सवले वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने विचार राखे ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, नेपाल होटल संघका केन्द्रीय अध्यक्ष अमरमान शाक्य, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, प्रथम उपाध्यक्ष दीपक भट्टराईले चितवनको पर्यटन विकासका संभावनाबारे प्रकाश पारेका थिए ।

सो अवसरमा संरक्षणतर्फ चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत नुरेन्द अर्याल र पुरुषोत्तम पाण्डे तथा पर्यटन व्यवसायतर्फ अमरमान शाक्य र हरिहर सैजुलाई सम्मान गरिएको थियो ।

महोत्सवअन्तर्गत हात्ती लम्कने प्रतियोगिता, हात्तीका छावाबीचको फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका अध्यक्ष घिमिरेले जानकारी दिए। देशभरका कविलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।