२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिअलाई संघ मातहत राख्नु संवैधानिक बाध्यता : मन्त्री बस्नेत

अ+ अ-

सुर्खेत । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई प्रदेश मातहत राख्न नसकिने बताएका छन् ।

गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख जिल्ला अधिकारी संघ मातहत रहेपनि प्रदेश सरकारसँग उपयुक्त ढङ्गले समन्वय गर्ने बताए। सातवटै प्रदेश सरकारले प्रजिअलाई आफू मातहत राख्न दबाब दिइरहेका बेला पूर्व गृहमन्त्रीसमेत रहेका मन्त्री बस्नेतको यस्तो धारणा आएको हो ।

‘संविधानले प्रमुख जिल्ला अधिकारीलाई अर्धन्यायिक अधिकार दिएको छ’, उनले भने, ‘नेपाल सरकार वादी हुने मुद्दा प्रजिअले हेर्नुपर्ने बाध्यता छ, त्यस्तो अवस्थामा प्रजिअ संघ सरकारप्रति बढी नै जिम्मेवार बन्नुपर्नेहुन्छ ।’ प्रजिअले जुवातास, हातहतियार तथा खरखजाना, केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा हेर्दै आएका छन् ।

मन्त्री बस्नेतले प्रशासनिक र शान्ति सुरक्षाका सवालमा प्रजिअले प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने बताउनुभयो । उनले सरकार सङ्क्रमणकालीन व्यवस्थापनमा बढी केन्द्रीत हुनुपरेको बताए । ‘संविधान जारी भएदेखि नै थाल्नुपर्ने काम तत्कालीन सरकारले नगर्दा अहिलेको सरकारलाई केही समय लागेको हो’, उनले भने, ‘अब सरकारले गति लिँदैछ, ५ वर्षभित्र पार्टीले जनतामाझ गरेका घोषणा पूरा हुन्छन् ।’ एकवर्ष नपुग्दै पाँचवर्षे सरकारको प्रारम्भिक मूल्याङ्कन गर्नु उचित हुने उनको भनाइ थियो ।

उनले संघीयताको प्रारम्भिक चरणमै भइरहेका अलमललाई अन्यथा नलिन आग्रह गरे । एक फरक प्रसङ्गमा मन्त्री बस्नेतले सुर्खेतलगायतका जिल्लामा विस्थापित जीवन बिताइरहेका बाढीपीडितको पुनःस्थापनामा सरकार गम्भीर रहेको बताए ।