२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्दै अचम्म लाग्ने परम्परा : ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन

अ+ अ-

डोटी । सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ ।

त्यसलाई स्थानीयले दैवीशक्ति र परम्पराका रूपमा लिने गरेका छन् । प्रत्येक तीन/तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जङ्गली जनावर, भूतप्रेत, बाढीपहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–६ सिगरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन/तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ । आङमा देउता चढेको भन्दै एकजना झाँक्रीले ६४ वटासम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिलेसम्म कायमै रहेको छ ।

यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ । झाँक्रीले बलि चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन् यसलाई त्यहाँका स्थानीयले दैवीशक्तिका रूपमा मान्ने गरेको स्थानीय दीपक खड्काले बताए ।

बाघकै शैलीमा दाँतले बोका टोक्दा पहिलो बोका स्वयं देउता काँप्ने व्यक्तिले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानीय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ । काँपेर बोका टोक्ने झाँक्रीलाई डुणाबाघ देउताका रूपमा लिने गरेको अर्का स्थानीय श्याम रोकायाले बताए। उनले भने, “यसरी देउतालाई बोका बलि चढाए गाउँ वरपर जङ्गली जनावरको डर नहुने र मनोकामना पूरा हुने जनविश्वास भएकाले हामीले यो चलन जोगाइरहेका छौँ ।”

अनौठो मानिने दैवीशक्ति दर्शनका लागि भारतका विभिन्न ठाउँ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा पुग्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि यो परम्परालाई सुदूरपश्चिम कै गौरवपूर्ण धार्मिक परम्परा ठान्छन् । मुलुकमा अन्यत्र कतै नभएको यो परम्परा डोटीमा भने परापुर्वकाल देखि चल्दै आएको स्थानीय बूढापाकाहरू बताउँछन् । पहिले पहिले डोटीको गिरीचौकाबाट दाँतले बोका टोक्दै छिमेकी जिल्ला बझाङको पीपलकोट, मयलकोश र थलारासम्म पुग्ने चलन थियो । तर अहिले यो परम्परा डोटीको गिरीचौकामा मात्रै सीमित छ ।

यसरी दाँतले बोका टोकेर छिनाल्दा आफूलाई दैवीशक्ति महसुस हुने र आफु मात्रै शक्तिशाली भएको महसुस हुने १८ वर्षको उमेरदेखि दाँतले बोका टोक्दै आएका झाँक्री करनबहादुर थापा बताए । उनले भने, “दाँतले बोका टोक्ने समयमा मलाई केही थाहा हुन्न तर शक्तिशाली भएको र बल आएको मात्रै अनुभव हुन्छ ।”

परापुर्व कालमा गोठबाट बाघले खसीबोका खाइदिने, गोठालालाई समेत आक्रमण गर्ने जस्ता आतङ्क मच्चाएपछि स्थानीयले आफूले पुज्ने गरेको तेडी देवता र धणी देवतासँग जङ्गली जनावरबाट बचाउन हारगुहार मागेको स्थानीय सामाजिक अगुवाहरू बताउँछन् । त्यही समयदेखि तेडी देवता र धणी देवताको पूजा गर्ने क्रममा जङ्गली जवावरको आतङ्क रोक्न बचाइदिन तीन वर्षमा एकपटक डुणाबाघ देवतालाई ६४ बोका बली चढाउने परम्परा चलेको स्थानीयहरूको भनाइ छ ।