२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पाएको एक करोड पुरस्कारबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोषको स्थापना गरिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युनिभर्सल पिस फेडेरेसनबाट प्रधानमन्त्रीले पाएको ‘लिडरसिप एन्ड गुड गभर्मेन्स’ नामक पुरस्कारबाट कोष स्थापना गर्ने निर्णय गरेको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्त्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले पाएको पुरस्कारको कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीलार्इ प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबर रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय भएको छ’ मन्त्री बाँस्कोटाले भने, -‘शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गरिने छ ।’