२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा रु १४ करोड बढी खर्च

अ+ अ-

विराटनगर । मोरङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल रु १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार बडङ्गा आमबारी उर्लाबारी सडकमा रु पाँच करोड १६ लाख ९८ हजार, रङ्गेली रोडको रामचोकबाट नहरको बाटो हुँदै सीमा सडकसम्मको बाटोमा रु एक करोड १६ लाख २३ हजार, तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रममा रु छ करोड ३३ लाख २१ हजार, स्थानीय सडक पुल निर्माणमा रु ४५ लाख ८६ हजार, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा रु २० लाख खर्च भएको छ ।

यस्तै, कोशी राजमार्गको तरहरा–भेडेटारमा रु १० लाख ३८ हजार, विराटनगर–संघीय–रङ्गेली–उर्लाबारी योजनामा रु १० लाख, कोशी राजमार्गको इटहरी–भेडेटार योजनामा रु एक लाख ३२ हजार, महेन्द्रराजमार्गको मावा–इटहरी–कोशी ब्यारेक योजनामा रु ५० लाख, घिनाघाट–विराटचोक सडकमा रु २० लाख, विराटनगर–रङ्गेली–उर्लाबारी सडकमा रु १६ लाख ७२ हजार र दुहवी–इनरुवा कप्तानगञ्ज सडकमा रु १० लाख खर्च भएको बताइएको छ ।

सोही अवधिमा डिभिजन कार्यालयले महेन्द्रराजमार्गको भन्टाबारी पुलमा रु २० लाख, कोशी कटानमा रु १० लाख, सेउती खोला पुलमा रु १० लाख र मोरङको धमना खोला पुलमा रु ४५ लाख ८५ हजार खर्च भएको कार्यालयका इञ्जिनीयर दुर्गा मण्डलले जानकारी दिए ।

यस्तै, डिभिजन कार्यालयबाटै रु ८ करोड ७४ लाख लागतमा २०७६ पुस मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी गिताञ्जली कन्सट्रक्सनले लिएको सुनसरीको साहेवगञ्ज–सिमरिया सडकमा काम ३० प्रतिशत मात्र भएकोले कुनै पनि भुक्तानी नदिएको कार्यालयले बताएको छ ।

साथै, सुनसरीको साहेबगञ्जदेखि हनुमान इनरुवा सडकको २० किमी बाटो र कप्तानगञ्ज–जनताचोक लौकही सडक निर्माण गर्न रमणभूमि जयब्रदर्शले सडक निर्माण गर्न ठेक्का लिए पनि काम शुरु नभएकाले ठेकेदारलाई ताकेता भइरहेको जनाइएको छ ।

विकास निर्माणका कतिपय योजना क्रमागत रहेको र योजनामा प्रगति भएबमोजिम निर्माण कम्पनीलाई भुक्तानी दिँदै गएको इञ्जिनीयर मण्डलले जानकारी दिए । निर्माणमा गुणस्तरमा कुनै पनि सम्झौता नहुने र उपयुक्त देखिएमा मात्र भुक्तानी गर्न सिफारिस भइरहेको इञ्जिनीयर मण्डलको भनाइ छ ।