२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरा दुर्घटना अपडेट : ज्यान गुमाएका १८ जनाको सनाखत

अ+ अ-

डोटी । डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ ।

ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका–११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ ।

त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा–३ का ३० वर्षीया माया रावल, कैलाली गोदावरी–१० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ का १७ वर्षीय तीलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटी शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विकको मृत्यु भएको हो ।

ज्यान गुमाएकाहरुको पोष्टमार्टम डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा गरिने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनस्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ । दुईलाई डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । स्कूलका सञ्चालक भीम बलायरले परिवारसहित स्कूलका अन्य संस्थापक लिएर मेला हेर्न गएको र फर्किने क्रममा स्याउलेभन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको भन्ने बुझिएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिए ।