२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग : मन्त्री यादव

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग गर्ने मानसिकताका कारण योजना कागजमै सीमित हुने गरेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय योजना प्रणाली विषयक कार्यशाला गोष्ठी शुभारम्भका अवसरमा मन्त्री यादवले योजनाको अनुगमन तथा मूल्याङ्कन प्रभावकारी नभएकाले भ्रष्टाचारको बिगबिगी भएको प्रसङ्ग उल्लेख गर्दै उनले दीर्घकालीन विकासका लागि सही योजनाको तर्जुमा, बजेट विनियोजन र तीनै तहमा समन्वय र सहकार्यको आवश्यकतामा जोड दिए ।

सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशमा सही ढङ्गले योजना र बजेटको विनियोजन हुन नसकेको बताउँदै प्रदेशको नीति, योजना र बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध तथा सामञ्जस्यताको खाँचो औँल्याए ।

प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले विकाससम्बन्धी सवालमा तीनै तहबीच आउन सक्ने बुझाइको भिन्नता र तहगत समन्वय र जिम्मेवारीको प्रष्टता हुनुपर्छ भने। राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झाले प्रदेश नं २ को अवस्था कर्णाली झैँ रहेको बताउँदै यथार्थलाई मनन र जिम्मेवारीबोध गर्दै धरातलीय योजना प्रणालीको निर्माणमा ऐक्यबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यशालामा योजनाको अवधारणा, आवधिक योजना तर्जुमाको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, तीनै तहबीचको अन्तरसम्बन्ध कायम गर्नेसम्बन्धी अभिमुखीकरण, मध्यमकालीन खर्च संरचनाको अवधारणा तथा प्रदेशस्तरमा सोको तर्जुुमा तथा सीप, तथ्याङ्कको महत्व, बजेट तर्जुमा सम्बन्धमा विद्यमान प्रक्रिया र वित्तीय स्रोत बाँडफाँटसम्बन्धी जानकारी, विकास प्रक्रियाको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी अवधारणाको प्रयोगबारे छलफल हुने बताइएको छ ।

तीनदिने कार्यशालामा प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र विषय क्षेत्रगत मन्त्रालय र प्रदेशसभाका सचिव, प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता, प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख र योजना तर्जुमासम्बन्धी कार्यमा संलग्न उपसचिवको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस