२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गहुँको बीउ अनुदानमा

अ+ अ-

नारायणपुर । दाङको लमही नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ । गहुँ उत्पादनको पकेट क्षेत्र मानिने देउखुरीमा यसको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यसहित अनुदानमा गहुँको बीउ वितरण गरिएको हो ।

परम्परागत जातका गहुँको बीउलाई विस्थापित गर्दै किसानलाई ४६ क्विन्टल विजय, आदित्य र गौतम जातका गहुँको बीउ अनुदानमा उपलब्ध गराइएको छ । “कृषि उत्पादनका लागि बीउ गुणस्तरीय हुनुपर्छ, बाहिरबाट बीउ खरीद गर्दा कमजोर पनि पर्न सक्छ ।” नगरपालिका प्रमुख कुलबहादुर केसीले भने, “सहुलियतमा उन्नत जातको गहुँको बीउ वितरण गर्दा धेरै कृषक उत्साहित भएका छन् ।”

किसानलाई गहुँको खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले यो वर्ष नगरपालिकाका नौ वटै वडाका ४६० कृषक र एउटा कृषक समूहलाई गहुँको बीउ वितरण गरिएको हो । अनुदानमा गहुँको बीउ प्राप्त गरेपछि कृषक खुशी भएका छन् । बजारमा गहुँको बीउ खरीद गर्दा महँगो पर्ने तथा बीउ गुणस्तरीय नहुने नगरपालिका–२ वनकटुवाका कृषक खोजानी चौधरीले बताए। “नगरपालिकाले अनुदानमा बीउ दिएपछि हामीलाई सजिलो भयो, खुशी लागेको छ,” चौधरीले भने, “यो वर्ष गहुँ उत्पादन बढ्न सक्छ ।”

वडाको सिफारिसका आधारमा उन्नत जातको गहुँको बीउ अनुदानमा उपलब्ध गराइएको हो । बीउको मूल्य प्रतिकेजी ३० का दरले वितरण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस