२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार महासङ्घद्वारा मिडिया हाउसमा अनुगमन

अ+ अ-

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागू गर्न दबाब दिने उद्देश्यले महासङ्घले मिडिया हाउसमा अनुगमन मङ्गलबारदेखि थालेको हो ।

कास्कीका १३ वटा विभिन्न सञ्चारमाध्यममा पुगेर टोलीले मिडिया हाउस र पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्थाबारे जानकारी लिएको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराए ।

अनुगमन गर्दा केही सञ्चारमाध्यमको अवस्था राम्रो, केहीमा सन्तोषजनक र केहीमा सुधार गर्नुपर्ने अवस्था देखिएको उनले बताए । महासङ्घले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षसँग एकै ठाउँमा बसेर छलफल गर्ने र पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सहजीकरण गर्न पनि महासङ्घ तयार रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित अनुगमन टोलीमा महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठका साथै महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलगायतका टोलीले अनुगमन गरिरहेको छ । रासस